काठमाडौं । अत्यन्त मर्मस्पर्शी तथा वास्तबिक घट्नामा आधारमा तयार पारिएको गीतको भिडियो भिडियो युट्युब मार्फत रिलिज भएको छ । जन्मेको दुई महिनामा नै कलेजो फेर्नुपर्ने शिशुको यथार्थतामा बनेको उक्त भिडियो रिलिज भएको हो ।
सुदुर पश्चिम नेपाल बैतडीका महेश अवस्थीका छोरा शिवाशं जन्मेको दुई महिनामै कलेजो फेर्नु परेपछि बुवाले कलेजो दान गरेको वास्तविक घटनामा वनेको यथार्थ घटनामा आधारित गीत अनि भिडियो वनेको हो।
आफ्ना छोराछोरीका लागि त्याग गर्न सक्ने पिताको यथार्थ घटनामा आधारित गीत मेरो जिन्दगी सार्वजनिक भएको हो । कमला सुवेदी सापकोटाको शब्द, महाराज थापाको संगीत संयोजन, निशान भट्टराईको स्वर, युवराज वाईबाको निर्देशन रहेको भिडियोमा निर्मल न्यौपाने र रेखा घिमिरेको अभिनय रहेको छ । बाल कलाकारमा रिदम तामाङ रहेका छन् भने भिडियो राज पोखरेलले खिचेका हुन् ।