6/grid1/News

मध्यपुर थिमि नगर प्रमुख मदनसुन्दर श्रेष्ठ : भन्छन् एउटा, गर्छन् अर्कै

0


 

सर्वोच्च अदालतको अन्तरिम आदेश नटेरी भक्तपुरको मध्यपुर थिमि नगरपालिका २ सानोठिमीस्थित पाटीसहितको ऐतिहासिक ढुंगेधारा धमाधम पुनर्निर्माण भइरहेको छ । स्थानीय सम्पदाप्रेमीहरुले पुरातात्विक महत्वविपरीत उक्त पाटीसहितको ढुंगेधारा पुनर्निर्माण रोक्न सर्वोच्चमा निवेदन दर्ता गरेका थिए । सोही निवेदनमा सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले उक्त ढुंगेधारा पुनर्निर्माण यथास्थानमा राख्न अन्तरिम आदेश दिएका थिए । भक्तपुर । सर्वोच्च अदालतको अन्तरिम आदेश नटेरी भक्तपुरको मध्यपुर थिमि नगरपालिका २ सानोठिमीस्थित पाटीसहितको ऐतिहासिक ढुंगेधारा धमाधम पुनर्निर्माण भइरहेको छ । स्थानीय सम्पदाप्रेमीहरुले पुरातात्विक महत्वविपरीत उक्त पाटीसहितको ढुंगेधारा पुनर्निर्माण रोक्न सर्वोच्चमा निवेदन दर्ता गरेका थिए । सोही निवेदनमा सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले उक्त ढुंगेधारा पुनर्निर्माण यथास्थानमा राख्न अन्तरिम आदेश दिएका थिए । सर्वोच्चले पुनर्निर्माण रोक्न आदेश दिँदै दुवै पक्षलाई यहीं भदौ २३ गते अदालतमा हाजिर हुनसमेत भनेको छ । पहिले पाटी भएर ढुंगेधारा पुग्नुपथ्र्यो तर अहिले अगाडि ढुंगेधारा र पाटी पछाडि पारेर पुनर्निर्माण गरिरहेको छ । मध्यपुर थिमि नपाले उपभोक्ता समितिमार्फत उक्त पाटी पुनर्निर्माणमा सम्पदा पुनर्निर्माणको विधिविधानविपरीत सिमेन्टसमेत प्रयोग गरिएको छ । उक्त सम्पदा करिब २ सय ५२ वर्ष पुरानो रहेको त्यहाँ रहेको शिलालेखबाट थाहा हुन्छ । ‘एकातिर पाटीसहितको ढुंगेधारा पहिलेकै ठाउँमा छैन’, मध्यपुर थिमि नपा २ का वडा अध्यक्ष राम थापामगर भन्छन्, ‘अर्कोतिर सम्पदाको प्राचीनस्वरुप नै अदलबदल गरिएको छ ।’

Post a Comment

0Comments
Post a Comment (0)