6/grid1/News

आगामी आर्थिक वर्ष २०७९/८० को लागि अनुमानित बजेट सार्वजनिक (पूर्णपाठ)

0


 

भक्तपुर, सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि अनुमानित बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार प्रतिनिधिसभाको बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।

संसदमा कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट सार्वजनिक भएको हो । जसमध्ये चालु खर्चतर्फ ४२ प्रतिशत अर्थात् ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ र पुँजीगत खर्चतर्फ २१.२ प्रतिशत अर्थात् ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै वित्तीय व्यवस्थापनतर्फ १२.८ प्रतिशत अर्थात् २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताएका छन् ।

स्रोत जुटाउन सरकारले १२ खर्ब ४० अर्ब ११ करोड राजश्व उठाउने लक्ष्य लिएको छ । २ खर्ब ५६ अर्व आन्तरिक ऋण उठाउने र ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने बजेटमा बताइएको छ ।

हेर्नुस बजेटको पूर्णपाठ

 

Post a Comment

0Comments
Post a Comment (0)