6/grid1/News

मध्यपुर थिमिमा तमासा,उपमेयरसहितको बहिस्कार नगर प्रबक्ता भन्छन- बैठक बसेकै...

0

विकासमा असहयोग गरेको भन्दै मध्यपुरथिमिको प्रशासकीय प्रमुख मन्त्रालय फिर्ता विकासमा असहयोग गरेको भन्दै मध्यपुरथिमिको प्रशासकीय प्रमुख मन्त्रालयमध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाललाई नगरपालिकाको ४९ औँ कार्यपालिका बैठकले मन्त्रालयलाई फिर्ता गर्न आग्रह गरेको छ । नगरपालिकाको कार्यपालिका बैठकमा ११ जना सदस्यले प्रमुख प्रशासकीय अधिकृत रिजाललाई तत्काल मन्त्रालय फिर्ता गरी अर्को प्रशासकीय अधिकृत पठाउन आग्रह गरेको बताइएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बैठकमा प्रमुख प्रशासकीय अधिकृत रिजालले नगरसभाबाट बजेट विनियोजना भई नियमित रुपमा उपभोक्ता समितिमार्फत भइरहेका कार्यहरु अबरोध पुर्याउन बजेट निकासा नगर्दा नगरपालिकाको बैठकले नै कारबाही गरी मन्त्रालय फिर्ता पठाउने निर्णय गरेको जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत रिजालले भने सरकारले नै महामारीमा घरमा बसेर काम गर्नु भनेकाले घर मै बसेर नगरपालिकाको काम गरेको बताउदै नगरपालिकामा उपभोक्ता समितिमा मार्फत काम गर्ने गरी कार्यबिधि नै नबनेकाले भुक्तानी नदिएको बताएका छन् । कार्यपालिका बैठकमा भने कूल १९ जना सदस्य मध्ये उपप्रमुख अन्जनादेवी मधिकर्मीसहित आठ जना कार्यपालिका सदस्यहरु भने बैठकमा उपस्थित जनाएनन् । यसबारेमा नगरपालिकाका प्रवक्ता एवं वडा नं. २ का वडाध्यक्ष राम थापाले बिज्ञप्ती सार्वजनिक गर्दै नियम विपरित नगर प्रमुखले कार्यपालिका बैठक बोलाएको र उपप्रमुख सहित आठजनाको अनुपस्थिति रहेकाले यसलाई कार्यपालिका बैठक भन्न नमिल्ने दाबी गर्दै मन्त्रालयमा अहिलेका प्रशासकीय प्रमुखलाई फिर्ता पठाएको र नयाँ पठाउन पत्राचार समेत नभएको भनाई छ ।



Post a Comment

0Comments
Post a Comment (0)