6/grid1/News

यसपालिको खडेरीमा माया ओइलायो–नेपाली म्यूजिक भिडियोमा सुरेन्द्र श्रेष्ठको स्वभाविक अभिनय

0

 

यसपालिको खडेरीमा माया ओइलायो–नेपाली म्यूजिक भिडियोमा सुरेन्द्र श्रेष्ठको स्वभाविक अभिनय

काठमाडौं । यसपालिको खडेरीमा माया ओइलायो बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यज्ञ राईको गायन तथा विष्णु अधिकारीको संगीत र तारा सुवेदीको शव्द रचना रहेको यसपालिको खडेरीमा माया ओइलायो वोलको गीतको भिडियो युट्यूब मार्फत सार्वजनिक भएको हो।

मायामा संसार भुल्ने र भुलाउने मायाबी प्रेमीलाई प्रेमिकाले धोका दिएर अरुसंगै जाँदा उक्त प्रेमीमा आएको नैराश्यताको कारण जीवनमा निम्त्याएको दुःखद अन्त्यको कथा गीतको माध्यमबाट देखाइएको छ । जसमा मायाबी प्रेमीको भूमिकामा सुरेन्द्र श्रेष्ठको जीवन्त अभिनय रहेको छ । विभिन्न चलचित्रहरुमा नकारात्मक रुपमा मारपिटको भूमिकामा अभिनय गर्दै आएका अभिनेता सुरेन्द्र श्रेष्ठले पहिलो पल्ट यस गीतको भिडियोमा अभिनय गर्दा जीवन्त रुपमा अभिनय गरेका छन् ।

नकारात्मक भूमिका भन्दा मायाबी रोलमा अभिनय गर्न ज्यादै कठिन भएको वताउने सुरेन्द्रको भनाईमा माया गर्न गाह्रो छ । उनै माया गर्ने नायक सुरेन्द्रलाई धोका दिएर अन्ततिर लाग्ने प्रेमिकाको भूमिकामा अनुशा मगर रहेकी छन् । भक्तपुरको रानीकोट तथा बादेको प्रसिद्ध निलवाराही जंगल वरपर खिचिएको भिडियो यथार्थपरक देखिएको छ । सो म्यूजिक भिडियोको निर्देशन अभ्य डंगोलले गरेका हुन् ।


 

Post a Comment

0Comments
Post a Comment (0)