असोज २४, आइतबार
मध्यपुर
थिमि बचत तथा ऋण सहकारी संस्थामा कृष्ण काजी मानन्धर नेतृत्वकाे ७ सदस्यीय
नयाँ सञ्चालक समिति छनाेट गरिएको छ । शनिबार सम्पन्न भएको संस्थाकाे १४
अाैं वार्षिक साधारणसभामार्फत उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठ, सचिव अनिल
श्रेष्ठ, काेषाध्यक्ष प्रेमसुन्दर श्रेष्ठ निर्विरोध भएका हुन् । त्यस्तै
सदस्यहरूमा क्रमशः डा. उज्ज्वल जाेशी, रमेश थुसा श्रेष्ठ र तुलसीराम
श्रेष्ठ छानिएका छन् ।
तीन सदस्यीय लेखा सुपरिवेक्षण
समितिमा संयाेजक सुन्दर श्रेष्ठ र सदस्यहरूमा राजकुमार नापित तथा
कृष्णसुन्दर प्रजापति छानिएका छन् । संस्थाकाे विनियम बमाेजिम ऋण उपसमिति र
शिक्षा उपसमितिमा समेत निर्वाचन गरिएको थियाे । ऋण उपसमितिमा संयाेजक
प्रेमसुन्दर श्रेष्ठ, सदस्य तुलसीराम श्रेष्ठ र सुरेश बज्राचार्य निर्वाचित
भएका छन् । त्यस्तै शिक्षा उपसमितिमा संयाेजक डा. उज्ज्वल जाेशी र
सदस्यहरूमा क्रमशः नरेन्द्र श्रेष्ठ र कृष्ण सुन्दर प्रजापति छानिएका छन् ।
संस्थाले अार्थिक वर्ष २०७७/०७८ काे वार्षिक
साधारणसभाकाे उद्घाटन सत्र गत हप्ता अर्थात असाेज १६ गते शनिबारै सम्पन्न
गरेकाे थियाे ।
नियामक निकायले निर्देश गरेबमोजिम याे
वर्ष सीमित सदस्यहरूकाे उपस्थितिमा कार्यक्रम गर्नुपर्ने बाध्यतालाई
मध्यनगर गरि सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमिति तथा
व्यवस्थापन समितिका महानुभावहरूकाे भाैतिक उपस्थिति र अन्य सदस्यहरूकाे
अनलाइन उपस्थितिमा कार्यक्रम सम्पन्न गरेकाे हाे । संस्थाकाे सभाहलमा जुम
सफ्टवेयर मार्फत सम्पन्न भएकाे कार्यक्रमकाे प्रत्यक्ष प्रशारण संस्थाकाे
फेसबुक पेजमार्फत गरेकाे थियाे ।
संस्थामा एक हजार ३ सय
२८ जना सेयर सदस्यहरू छन् जसमा महिला ५१२ र पुरूषहरूकाे संख्या ८१६ हाे ।
सहकारी संस्थाकाे चालू अा.व.मा जम्मा दायित्व १५ कराेड ७१ लाख ९१ हजार ९९३
रूपियाँ पुगेकाे छ ।
यसअघि, साधारणसभाकाे एक हप्ते
कार्यक्रमहरू बारे सुचना प्रसार गर्न प्रत्येक सदस्यहरूकाे घरघरमै पुगेर
वार्षिक साधारणसभा सम्बन्धिकाे आमन्त्रण पत्र पठाइएको थियाे । साेही सुचना
संस्थाकाे सुचना पाटी, विभिन्न पत्रपत्रिका, टाेलटाेलमा टाँगिएको टुल,
संस्थाकाे सामाजिक सञ्जालकाे पेजमा पाेस्ट गरिएकाे छ ।