काठमाडौं । यस अघिसम्म विभिन्न आर्थिक सञ्चार माध्यमलाई समेत आइपिओको नतिजा बाँडिँदै आएकोमा अब भने यस्तो कार्य बन्द गर्न निर्देशन दिइएको सिडिएस एण्ड क्लियरिङका सिइओ पूर्णप्रसाद आचार्यले जानकारी दिएको छ । ‘लगानीकर्ताको डिम्याट नम्वर र उनीहरुको विवरण सुरक्षित राख्नुपर्ने बिनियमावली अनुसार संचार माध्यमलाई व्यक्तिगत विवरण नदिन निर्देशन दिएका छौं’ सिइओ आचार्यले बताए ।
शुक्रबार बाँडफाँड हुने महिला लघुवित्तको आइपिओ ३ वटा वेबसाइटबाट मात्रै हेर्न सकिने छ । सम्वद्ध कम्पनीको वेबसाइट, बिक्री प्रवन्धकको वेबसाइट र सिडिएसको वेबसाइट मेरो सेयरमार्फत मात्रै अब आइपिओ हेर्न पाइने छ ।
आइपिओको नतिजा डिम्याट खाता नम्बरका आधारबाट हेरिन्छ यसरी डिम्याट खाता नम्बरसहितका विवरण संचारमाध्यमलाई पनि दिएको भन्दै लगानीकर्ताले आपत्ति जनाउँदै आएका थिए ।

