6/grid1/News

सिकाई तथा असल अभ्यास कार्यक्रम सम्पन्न

0


 

काठमाण्डाैं । ह्याण्डीक्याप ईन्टरनेशनल संस्थाद्वारा अपाङ्ता भएका ब्यक्तिहरूकाे संस्था  र गैरसरकारी संस्थाहरूसंगकाे साझेदारी तथा संघिय, प्रादेशिक र स्थानीय तहका सरकारी निकायहरूसंगको सहकार्यमा सञ्चालित भुकम्प प्रभावित ‌६ पालिकाहरूमा स्वास्थ्य क्षेत्र सुदृढिकरण तथा समुदाय उत्थानशीलता  परियाेजनाको सिकाई तथा असल अभ्यासहरू आदानप्रदान कार्यशाला गाेष्ठी सम्पन्न भएकाे छ । 

 
विदुर नगरपालिका नुवाकोट, निलकण्ठ नगरपालिका धादिङ, चाैतारा सागाँचाेकगढि नगरपालिका सिन्धुपाल्चोक जिरी नगरपालिका र भिमेश्वर नगरपालिका दाेलखा र गाेसाईकुण्ड गाउँपालिका गरि ६ वटा पालिकामा उत्थानशिलता परियाेजना सञ्चालन गरेकाे हो । 
 
परियाेजनाले स्थानीय स्वास्थ्य तथा समुदायमा आधारित बिपद् पुर्वतयारीका लागि स्थानीय सरकार, स्वास्थ्य सेवा प्रदायक संघसंस्थाहरुकाे क्षमता अभिबृदि गर्नुका साथै स्थानीय संकटासन्न समुदाय तथा ब्यक्तिकाे कुनै पनि प्रकाेपसंग सामना गर्न सक्ने गरि विपद् पुर्वतयारीका क्रियाकलाप हरु संचालन गरेकाे छ ।भुकम्प प्रभावित ६ वटा पालिकाका स्थानीय संकटासन्न समुदाय तथा ब्यक्तिहरूलाई आकस्मिक स्वास्थ्य पुर्वतयारी तथा समावेशी विपद जाेखिम न्युनिकरणका लागि उक्त परियाेजना सञ्चालन गरेकाे संस्थाका परियाेजना संयाेजक महेन्द्र विक्रम शाहले बताउनुभयाे । 
 
संयाेजक शाहले उक्त परियाेजना सन् २०१८ डिसेम्बर देखि २०२२ मार्चसम्म सञ्चालन भएकाे समेत बताउनुभयाे । शाहले परियाेजना सञ्चालनका क्रममा स्थानीय सरकार र स्थानीय सामाजिक संघसंस्थाहरूसंगको सहकार्यमा भएका कार्यक्रमहरूबाट सिकेका पाठ तथा असल अभ्यासहरूका बारेमा बाेल्नु भएकाे थियाे ।
 
ह्याण्डीक्याप ईन्टरनेशनलका निमित्त राष्ट्रिय निर्देशक राजु पलाञ्चाेकेकाे अध्यक्षतामा सम्पन्न कार्यशाला गाेष्ठीमा उहाँले संस्थाकाे छाेटाे परिचय दिंदै संकटासन्न अवस्थामा रहेका ब्यक्तिहरूकाे स्वास्थ्य, शिक्षा तथा सरकारी सेवा सुविधामा उनीहरूकाे समावेशीता र पहुँचमा बृद्धी गर्ने उद्देश्यका साथ सन् २००० देखि संस्था नेपालमा क्रियाशील रहेकाे बताउनुभयाे । 
 
कार्यक्रममा जिरी नगरपालिकाका मेयर टंक जिरेलले बिनाशकारी भुकम्पले क्षतबिक्षत जिरी अस्पतालले बिरामी तथा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई एउटै पालमा डाक्टरी सेवा दिईरहेकाे समयमा ह्याण्डिक्याप ईन्टरनेशनल संस्थाले पहिलाे पटक फिजियाेथेरापी सेवाबाट सेवा प्रारम्भ गरेकाे स्मरण गर्दै हाल आएर संस्थाले नगरपालिका तथा वडाहरुमा विपद जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकुलनका लागि आवश्यक संस्थागत संरचनाहरुको निर्माण र सबलीकरण, क्षमता विकास, सहभागीमुलक संकटासन्नता र क्षमता लेखाजोखाको आधारमा योजना निर्माण, खाेज तथा उद्धार सामग्रीहरूको भण्डारण लगायतका कार्यक्रम सञ्चालन गरेको कुरा बताउनुभयो । अस्पतालका ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका जिरेलले संस्थाकै व्यापक जनचेतनाका कारण अहिले जिल्लाभरी नै सरकारी भवन निर्माण गर्दा अपाङ्गमैत्री भवन निर्माण गर्नमा जाेड दिएकाे बताउनुभयाे ।

 
साेही अवसरमा त्रिशुली अस्पतालका मेसु दिपेन्द्र पाण्डेले ह्याण्डीक्याप ईन्टरनेशनलको सहयोगमा आपतकालीन अवस्थामा हुन सक्ने व्यापक हताहतीलाई व्यवस्थापन गरि मानवीय क्षति कम गर्ने उदेश्यका साथ त्रिशुली अस्पतालमा वृहत क्षति व्यवस्थापन योजना निर्माण र परिक्षण, घटना आदेश प्रणालि तथा विपद् व्यवस्थापनको संस्थागत संरचना गठन र क्षमता विकास तथा आवश्यक सहायक तथा गमनशिलता सामग्रीहरूको भण्डारण गरिएको बताउनुभयो । परियाेजनाकै सिकाईका कारण त्रिशुलीमा भएका २ ठुला सवारी दुर्घटनाका बिरामीहरूलाई समयमै उचित स्वास्थ्य सेवा दिएकाेमा सबै क्षेत्रबाट प्रशंसा पाएकाे स्मरण गर्नुहुँदै त्रिशुली अस्पतालले न्युनतम सेवा मापदण्डको आधारमा देश भरिको अस्पताल मध्ये लगातार दुई पटक उत्कृष्ठ अस्पताल बन्न सफल भएकोमा  ह्याण्डीक्याप ईन्टरनेशनलको पनि ठुलो योगदान रहेको बताउनुभयो । त्यसैगरी साे कार्यक्रममा निलकण्ठ नगरपालिका धादिङकाे महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख निर्मला केसी तथा चाैतारा साँगाचाेकगढि नगरपालिकाका विपद् सम्पर्क व्यक्ति चिरञ्जीवी कट्टेललगायतका ब्यक्तिले सामाजिक सुरक्षा तथा समावेशी विपद् जोखिम व्यवस्थापनकोबारेमा बाेल्नु भएकाे थियाे ।

Post a Comment

0Comments
Post a Comment (0)